काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् ।
सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् ।
यो सन्दीपले विदेशी लिगमा छनोट हुँदा पाउने दोस्रो धेरै रकम हो । यस अघि इंग्ल्याण्डको दी हन्ड्रेड क्रिकेटका लागि सन्दीप झण्डै ढ करोडमा छनोट भएका थिए । कोभिड-१९ का कारण उक्त प्रतियोगिता एक वर्षपछि सरेको छ ।
आगामी अगष्ट सेप्टेम्बरमा हुने सीपीएल २०२० मा खेल्ने सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु छन्, जसमा रेसलसंगै कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली, फिडेल एडवार्ड्स लगायत छन् ।
सन्दीपले यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्टबाट सीपीएल खेलिसकेका छन् । उनको यो तेस्रो टोली हो ।
सीपीएलमा जमैकासंगै बार्बाडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाहज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’