तनहुँमा विवाहको मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ, बेहुलीको उमेर १४ वर्ष

तनहुँमा विवाहको मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ, बेहुलीको उमेर १४ वर्ष

bal-bibah

तनहुँ । तनहुँमा विहिबार विवाह मण्डपबाटै बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–११ बाट बेहुलासहित ५ जनालाइ जिल्ला प्रहरी कार्यालय तनहुँको टोलिले पक्राउ गरेकाे हो ।

१४ वर्षीया बालिकासँग विवाह गर्दै गरेका गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याल (बेहुला) सहित ५ जनालाई विवाहकाे मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनले भने ‘बालविवाह हुँदैछ भन्ने गोप्य सुचना पाएर पक्राउ गर्न सफल भयौ ।’

प्रहरीले विवाह सम्पन्न भई अन्माउन लागेकाे बेलामा बेहुला (सन्तोष अर्याल), बेहुलाको बुबा, बेहुलीको बुबा, आमा र विवाह गराउने पण्डित समेत गरि ५ जनालाई पक्राउ गरेकाे हाे ।

सिउँदोमा सिन्दुर समेत हालिसकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैको उमेर २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ । २० वर्ष मुनि भएमा विवाह बदर हुन्छ ।

विवाह सम्बन्धि परीक्षेत अनुसार दफा १७३ बमोजिम कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।

बाल विवाह गर्न नहुने र विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उक्त दफामा उल्लेख छ । उमेर अपुगी भएको विवाह स्वतः बदर हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ