तनहुँ । तनहुँमा विहिबार विवाह मण्डपबाटै बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–११ बाट बेहुलासहित ५ जनालाइ जिल्ला प्रहरी कार्यालय तनहुँको टोलिले पक्राउ गरेकाे हो ।
१४ वर्षीया बालिकासँग विवाह गर्दै गरेका गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याल (बेहुला) सहित ५ जनालाई विवाहकाे मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनले भने ‘बालविवाह हुँदैछ भन्ने गोप्य सुचना पाएर पक्राउ गर्न सफल भयौ ।’
प्रहरीले विवाह सम्पन्न भई अन्माउन लागेकाे बेलामा बेहुला (सन्तोष अर्याल), बेहुलाको बुबा, बेहुलीको बुबा, आमा र विवाह गराउने पण्डित समेत गरि ५ जनालाई पक्राउ गरेकाे हाे ।
सिउँदोमा सिन्दुर समेत हालिसकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैको उमेर २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ । २० वर्ष मुनि भएमा विवाह बदर हुन्छ ।
विवाह सम्बन्धि परीक्षेत अनुसार दफा १७३ बमोजिम कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।
बाल विवाह गर्न नहुने र विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उक्त दफामा उल्लेख छ । उमेर अपुगी भएको विवाह स्वतः बदर हुनेछ ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित