लमजुङको सातबिसेमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

लमजुङको सातबिसेमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

Pahiro11

सन्दर्भ तस्बिर

लमजुङ । लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् । अबिरल वर्षाका कारण बेंसीशहर नगरपालिका ७ सातबिसेका एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

बेंसीशहर नगरपालिका १० स्थित स्थायी ठेगाना भएका दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

उनका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो ।

मृतक ३ जनाको शव अहिले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ