हर्पनखोलाको सिल्टेसन चेकड्याम बाढीले बगायो, डुडेफाँट बस्ती जोखिममा

हर्पनखोलाको सिल्टेसन चेकड्याम बाढीले बगायो, डुडेफाँट बस्ती जोखिममा

Harpan Khola Dam bagayo

पोखरा २३ हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्यामको माथिल्लो चेक ड्याम हर्पन खोलाले भत्काएको छ । ड्याम भन्दा माथिको दोस्रो चेकड्याम बगाएको हो । वर्षामा आउने बाढी पहिरोलाई रोकेर फेवातालमा जाने ढुंगामाटो रोक्ने उद्देश्यले ड्याम निमार्ण गरिएको हो ।

चेकड्याम बगाएपछि पोखरा २३ डुडेफाँटको बस्तीमा जोखिम बढेको छ । सो स्थानमा चार दर्जन बढी घर रहेका छन् । खोलाले उत्तर तर्फको धेरै नै चेकड्याम बगाए पछि बस्तीमा खोलो पस्ने सक्ने स्थानीयको भनाई छ ।

हर्पन खोला बढेको छ भने पहिरोको कारण धमिलो पनि छ । शुक्रबार पोखरा २७ का २१ वर्षीय प्रयुश गुरुङ पौडी खेल्ने क्रममा चेकड्यामबाटै बगेका थिए र उनी वेपत्ता छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ