शिशिरको ‘फोटो फिरिम’ को मेल भर्सन सार्वजनिक, प्रतापलाई १ घण्टामै ५० हजारले सुने (भिडियो)

शिशिरको ‘फोटो फिरिम’ को मेल भर्सन सार्वजनिक, प्रतापलाई १ घण्टामै ५० हजारले सुने (भिडियो)

photo firimma

नेपाल आईडल सिजन ३ की रचना रिमालको स्वरमा रहेको फोटो फिरिमले ५० लाख भ्यूज पाउँदै गर्दा ३ महिनापछि मेल भर्सन सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको स्वर रहेको यो भिडियोले पनि राम्रो भ्यूज पाउनेमा कुनै शंका रहेन । १ घण्टामै ५० हजार भ्यूज आइसकेको छ ।

शिशिर भण्डारीको शब्द, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममालाई युट्युबमा अप्लोड भएको केहि समयमै हजारौं दर्शकहरुले हेरेका हुन् । यो भिडियोमा पनि पहिलो भिडियोलाई नै निरन्तरता दिइएको छ । शिशिरले फेरि अर्को सिरिज ल्याउने प्रष्ट पारेका छन् । त्यसैले यस भिडियो पनि दर्शकलाई कौतुहलता कायम राख्दै बिदा लिइएको छ ।

फोटोमा देखिएकी रिश्ता बस्नेत भिडियोमा देखिएकी छन् । पहिलो भिडियो पनि रचना रिमालको पहिलो भिडियो थियो । उनले केही गीतहरु गाइसकेपनि भिडियो सार्वजनिक भएको त्यो नै पहिलो थियो ।

(फिमेल भर्सन)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ