पोखरामा बिना मास्क हिँड्ने १ सय २ जना पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले सोमबार पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी सोमबार नै छाडिएको छ । कारबाहीमा पर्नेमा ८८ जना पुरुष र १४ जना महिला छन् ।
सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न, न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्न तथा पुर्ण रुपमा लकडाउनको पालना गर्न गराउन सबै जिल्ला प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कोरोना भाइरस (कोभिड-१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिना मास्क बाहिर हिँडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो ।
कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ । नेपाल सरकारको उक्त निर्देशन नमान्ने उपर संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने भन्दै प्रहरीले चेतावनी समेत दिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो