पोखरामा बिना मास्क हिँड्ने १ सय २ जना पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले सोमबार पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी सोमबार नै छाडिएको छ । कारबाहीमा पर्नेमा ८८ जना पुरुष र १४ जना महिला छन् ।
सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न, न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्न तथा पुर्ण रुपमा लकडाउनको पालना गर्न गराउन सबै जिल्ला प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कोरोना भाइरस (कोभिड-१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिना मास्क बाहिर हिँडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो ।
कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ । नेपाल सरकारको उक्त निर्देशन नमान्ने उपर संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने भन्दै प्रहरीले चेतावनी समेत दिएको छ ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु