तनहुँ । तनहुँको दमौली बजार नजिकै रहेकोे बुल्दी खोला आइतबार रातिदेखि आएको अविरल वर्षाका कारण उर्लिएको छ ।
केही दिन अघि पनि बुल्दी खोला उर्लिएको थियो तर त्यतीबेला क्षति भएको थिएन । तर सोमबार भने आइतबार रातिदेखिको वर्षाको प्रभाव स्पष्ट देख्न सकिन्थ्यो ।

व्यास-१ स्थित करङकाठ, सिमलटार, तालघरे लगाएतको स्थानका घर लगाएत अन्य संरचनाहरु डुबानमा परेको थियो ।
त्यस्तै व्यास-१ को करङकाठमा रहेको फुटसल समेत खोलाले डुबाएको थियो । त्यस्तै विभिन्न स्थानका फर्निचर र अन्य घर तथा टहरा डुबाएको थियो ।

विभिन्न स्थानमा बुल्दी खोलामाथि बनाईएको कजवेहरुमा समेत क्षति पुर्याएको छ ।
खोलाले आफ्नो पुरानो बाटो लिएको स्थानीयहरु बताउछन । खोला बस्तीमा होइन मान्छेले खोला मिचेर संरचना बनाउदा खोलाले आफ्नै बाटो लिएको स्थानीयको भनाई छ ।

त्यस्तै खोला छेउमा रहेको विद्युतको पोल समेत ढलेका थिए । सोही कारणले दमौली र आसपासका स्थानमा सोमबार दिनभर जसो विद्युत अवरुद्ध भएको थियो ।
तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।

त्यस्तै २ जना बेपत्ता रहेका छन । अन्य २ जना घाइतेको भने पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हेर्नुस तस्बिरमा…










तस्बिर : सामाजिक संजाल
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित