गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या १२०३ पुग्यो

गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या १२०३ पुग्यो

Corona Update1

पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमतिमध्ये पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ सय ३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

संक्रमित ४ जनाको स्वाब पोखराका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुरका संक्रमितको स्वाब जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा परीक्षण गरिएको थियो ।

यसैगरि, आज मात्रै गण्डकीका ६ जनाले कोरोना जितेर घर फर्केका छन् । स्याङ्जाका १ र कास्कीका ५ गरि ६ जना आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका हुन् ।

प्रदेशका कुल संक्रमितमध्ये ८ सय ७५ जनाले कोरोना जितेर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds