पोखराका १ सहित गण्डकीमा २५ कोरोना संक्रमित थपिए, १२ सय २८ पुगे

पोखराका १ सहित गण्डकीमा २५ कोरोना संक्रमित थपिए, १२ सय २८ पुगे

Corona update 2

पोखराका १ सहित गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाए अनुसार बुधबार गण्डकी प्रदेशका ५ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।

बुधबार कोरोना पुष्टि हुनेमा कास्की र गोरखाका १-१ पुरुष, तनहुँका ३ पुरुष, म्याग्दीका ९ पुरुष तथा नवलपुरका १० पुरुष र १ महिला रहेको निर्देशनालयले जानकारी दिएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ