पोखरा । होटल देखाउन भन्दै एक १४ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार गर्न खोज्नेहरु प्रहरी फन्दामा परेका छन् ।
मंगलबार बिहान साढे ६ बजेतिर चार युवकहरु ग १ च ७७४५ गाडीमा बाग्लुङ बसपार्क पुगेका थिए । आरोपीहरु अन्नपुर्ण गाँउपालिका वडा नं.१० घर घान्द्रुक घर भई हाल अन्नपूर्ण वडा नं.३, काँडे बस्ने बर्ष २४ को कपिल गुरुङ, अन्नपूर्ण ३ काँडेकै २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे ७ धम्पुस घर भई अन्नपूर्ण ३, काँडे नै बस्ने १९ वर्षीय पुकार गुरुङ र काँडे नै बस्ने १८ वर्षीय शुशल गुरुङलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुले १४ वर्षीया किशोरी मेडिकल अगाडि देखेपछि होटल देखाइदेउ न भन्दै गाडीमा चढाएर किशोरीलाई लगेका थिए । प्रहरी श्रोतका अनुसार दुई जना भने यौन क्रियामा संलग्न हुन पाइनसकेको श्रोतले जनाएको छ ।
मंगलबार बिहानको समयमा लेकसाइड स्थित एक होटलमा लगेर पालैपाले जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेका थिए । उनीहरुबाट उम्कन सफल भई किशोरीले बुबालाई खबर गरेकी थिईन् । त्यसपछि किशोरीका बुबाले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीकहाँ सूचना पुगेको थाहा भएपछि पर्वततिर भागेका उनीहरुलाई नागडाँडाबाट पक्राउ गरेको हो । कास्की प्रहरीले औपचारिक रुपमा यसबारे बोलेको छैन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन