तुलसी क्षेत्रीको ‘बाला जोबन’ रुचाइँदै, शिव हमालको उत्कृष्ट सिर्जना (भिडियोसहित)

तुलसी क्षेत्रीको ‘बाला जोबन’ रुचाइँदै, शिव हमालको उत्कृष्ट सिर्जना (भिडियोसहित)

Bala Joban

पोखरेली चर्चित गायिका तुलसी क्षेत्रीको तीजे कोसेली बाला जोबन रुचाइँदै गएको छ । लोकप्रिय सर्जक शिव हमालको लय र शब्दमा रहेको गीत यौवनावस्थामा एक युवतीको मनमा खेल्ने भावहरुलाई समेटिएको छ ।

तुलसीलाई माया केसीले स्वरमा साथ दिएकी छिन् । डिजिटल रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड भएको गीतको एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । मालश्रीका खड्क बाजुरालीले मिक्सिङ गरेका हुन् ।

भिडियो पनि उत्कृष्ट बनेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा याशिका क्षेत्रीसँगै तुलसी आफै कम्मर भाँचेकी छिन् । होम गुरुङको कोरियोग्राफ रहेको भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds