कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ खोराकोमुख, पाखामा प्रेमराज बिकको घर छ । ६ वर्ष भयो उनी ओछ्यानमै थलिएको । श्रीमती जुनकुमारी पनि बिरामी नै छिन् । तीन भाइ छोरामध्ये जेठो हिरालालको परिवार लामाछौरमा छन् । माइला कृष्णको परिवार हेम्जामा बस्छन् । प्रेमराजका दम्पतीसँग गाउँको मुल घरमा कान्छी बुहारी छन् । कान्छा छोरा खेमराज परिवारदेखि सम्पर्कविहीन छन् ।
माइला छोराका छोरा कुशल (१६) हजुरबुवाआमा बिरामी हुनुहुन्छ भन्दै साउने संक्रान्ति मनाउने गरी गाउँ पुगेका थिए । गाउँ पुगेको ३ दिनमात्रै भएको थियो । जेठो छोराकी छोरी रेजिना (१६) अब खेती लगाउने समय भएकाले खाजा पकाउन सहज हुन्छ भन्दै असार ५ गते नै गाउँ उक्लेकी थिइन् । उनी ११ कक्षामा पढ्थिन् । बिदा भएको समयमा हजुरबुवाआमा भेट्न गाउँ आउजाउ गरिरहन्थिन् । कान्छाका छोरा समिर (१४) घरमै थिए । कान्छी बुहारी संक्रान्ति मान्न अर्को कान्छा छोरा लिएर माछापुच्छ्रे २ स्थित माइती गएकी थिइन् ।
घरमा हजुरबुवाआमासँग साउने संक्रान्ती मनाए । बिहीबार एउटै कोठामा सुते तर उनीहरुले भोलिपल्टको उज्यालो देख्न पाएनन् । निन्द्राकै समयमा उनीहरु पहिरोबाट पुरिए । बिहान साढे ५ बजे झण्डै २०० मिटर माथि रोड छेउबाट पहिरो झरेको उनीहरुले कुनै भेउ नै पाएनन् । थलिएका हजुरबुवाआमा सुतेको ठाउँतिर पहिरो पुगेन, त्यसैले बाँचे । नजिकैको किराना पसल पनि पुरियो । माइत गएकी समिरकी आमाले छोरालाई जिवितै देख्न पाइनन् ।
यो घटना विकासले निम्त्याएको विनाश थियो । भिरालो पाखामा रहेका यी घरहरुमाथिबाटै सडक खनिएको छ । ल्वाङ जाने बाटो खन्ने क्रममा पोहोर डोजरले दुई दुई पटकसम्म माटो खोतलेको र ढिस्को बनाइदिएको स्थानीय बताउँछन् । त्यही बाटोको डिलबाट खसेको ढिस्को घरसम्म पुगेको हो । तीन भाइ छोराकै एक एक जना छोराछोरीलाई पहिरोले खोस्दा प्रेमराजका दम्पती, तीनै छोराका परिवार अहिले शोकमा छन् ।
पहिरोले ८ घर परिवार विस्थापित भएका छन् । तीन नातिनातिनी गुमाएका प्रेमराज बिकको ४ जना सहित ८ परिवारका ४३ जना विस्थापित भएका हुन् । छिमेकीहरु डिलबहादुर विकको ८ जनाको परिवार, रबिलाल बिक, नारायण बिक र जसबहादुर विकको ६, ६ जना, चित्रबहादुर विकको ५ जना, आइबहादुर बिक र डिलबहादुर बिकको ४, ४ जना गरी ४३ जना विस्थापित भएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन