पोखराका ६ जनासहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०२ पुग्यो

पोखराका ६ जनासहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०२ पुग्यो

Corona Update1

पोखरा । गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १२ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३०२ जना पुगेको छ ।

कास्की र लमजुङका ६/६ जना संक्रमित नयाँ थपिएका हुन् । लमजुङको बेशीसहरका १ जना, राईनाशका १ जना, मध्यविन्दुका २ जना, दुधपोखरी र सुन्दरबजारका १/१ जनामा कोरोना पुष्टि हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षणमा गरिएको थियो ।

म्याग्दीका ६ सहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९०

क्षयरोग उपचार केन्द्र पोखरामा पीसीआर परिक्षणमा गर्दा आज बिहान मात्रै पर्वतका २ जना, बाग्लुङका २ जना, स्याङजाका २ जना र म्याग्दीका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमितलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीका कुल संक्रमित मध्ये ९३८ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds