पोखराका ८ सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३१७ पुग्यो

पोखराका ८ सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३१७ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १२ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३१७ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परिक्षणमा तनहुँका २ जना, स्याङ्जाका १ जना, लमजुङका १ जना र कास्कीका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै लमजुङको सुन्दरबजार नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीका कुल संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ