गाेरखामा पहिराेले गाेठ पुर्दा ३४ वर्षकी महिलाको मृत्यु

गाेरखामा पहिराेले गाेठ पुर्दा ३४ वर्षकी महिलाको मृत्यु

sumbolic pictute

symbolic picture

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोले पुरिएर महिलाको मृत्यु भएको छ ।

सोमबार विहान बाख्रालाई घाँस दिन गएका बेला गोठ पहिरिँदा ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

फुजेलको कौदीखोलामा रहेको गोठ पुरिँदा १० वटा बाख्रा पनि मरेको छ । अहिले ताङ्लीचोकस्थित प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ