किरण श्रेष्ठ, तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तगर्त तनहुँको बन्दीपुर-१ नाहालामा पक्की सडक भत्किदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको १० मिटर सडक भासिएको बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
त्यस्तै तनहुँको बन्दीपुर-५ बिमलनगर, म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए । ‘सडक भासिएको रैछ, मा पनि यहीं छु ।’ प्रजिअ अधिकारीले भने ‘अस्थायी मर्मतको कार्य हुँदैछ ।’ उनले थपे नाहालाको यो समस्या १ घण्टा भित्र समाधान हुन्छ ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । राजमार्ग अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँको पहिरोका कारण ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन