तनहुँको नाहालामा डाईभर्सन बनाएर अवरुद्ध पृथ्वी राजमार्गको एकतर्फी बाटो खुलाइयो (अपडेट)

तनहुँको नाहालामा डाईभर्सन बनाएर अवरुद्ध पृथ्वी राजमार्गको एकतर्फी बाटो खुलाइयो (अपडेट)

Nahala Sadk Diversuion

किरण श्रेष्ठ, तनहुँ । बिहानदेखि अवरुद्ध रहेको तनहुँको नाहालामा डाईभर्सन बनाई एकतर्फी बाटो खुलाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित नाहालामा सडक भाँसिएर बाटो भत्केपछि डाईभर्सन बनाई अहिले दिउँसो ३ बजेबाट बाटो खुलाइएको हो ।

जेसिबी लगाएर डाईभर्सन निर्माण गरेपछि एकतर्फी बाटो खुलाइएको बन्दिपुर १ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । सोमबार रातिदेखि परेको पानिले सडक तल खोल्न थालेपछि राजमार्ग भासिएर अवरुद्ध बनेको थियो ।

सडक छेउबाट खनेर कामचलाउ डाईभर्सन बनाई एकतर्फी बाटो खुलाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।

सडकको वारपार नै करिब १० मिटर आज बिहान भासिएर सडक अवरुद्ध बनेको थियो ।

त्यस्तै तनहुँको बन्दीपुर-५ बिमलनगर, याम्पा, आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

ती स्थानका गएको पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको प्रजिअ अधिकारीले बताए । उनले भने ‘अबको २ घण्टामा पृथ्वी राजमार्गमा पर्ने तनहुँका पहिरो हटाउने गरी जेसिबीले काम गरिरहेको छ ।’

तनहुँको व्यास-३ स्थति मादी नदि नजिकको पहिरो र म्याग्दे गाउँपालिका–१ गुणादीको पहिरो हटाइसकिएको प्रजिअ अधिकारीलले जानकारी दिए ।

जिल्लाका विभिन्न ठाउँको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ठाउँ-ठाउँमा सवारी साधन रोकिएका छन् ।

यो पनि…

तनहुँको नाहालामा पक्की सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध: मर्मत हुँदै, सुचारु हुन १ घण्टा लाग्ने

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ