पहिरोले आँबुखैरेनी–गोरखा सडकखण्ड अवरुद्ध

पहिरोले आँबुखैरेनी–गोरखा सडकखण्ड अवरुद्ध

Abukhaireni Gorkha sadak Pahiro 2

फाइल तस्बिर ।

गोरखा । अविरल वर्षाका कारण आएको पहिरोले आँबुखैरेनी–गोरखा सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठ किलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आज विहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

उनका अनुसार सो सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खसेको छ । पहिरोबाट पिच सडक नै भाँसिएको छ ।

सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको उनले बताए ।

निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको जनाइएको छ । पानी रोकिने बित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए ।

आइतबार पनि ठूलो पहिरो खसेर उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ