मनाङको नार्पा भूमि गाँउपालिकाको लोगो डिजाइन गर्न आह्वान: पुरस्कार १५ हजार

मनाङको नार्पा भूमि गाँउपालिकाको लोगो डिजाइन गर्न आह्वान: पुरस्कार १५ हजार

Narpa Bhumi Manang

मनाङ । मनाङको नार्पा भूमि गाँउपालिकाले लोगो डिजाइन गर्न सुचना निकालेको छ । गाउँपालिकाको प्रतिकचिन्ह (लोगो) डिजाइन गरेबापत पुरस्कार १५ हजार पुरस्कार पनि व्यवस्था गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत उज्वल बास्तोला जानकारी दिए ।

गाउँपालिकाको आठौं गाँउसभाको बैठकको निर्णय अनुसार गाँउपालिकाको समग्र पहिचान झल्कने प्रतिकचिन्ह (लोगो) निर्माण गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको छ ।

प्रतिकचिन्ह (लोगो) डिजाइनका सर्तहरु समेत रहेका छ्न । लोगोमा नेपालको झण्डा र हिमालअनिवार्य हुनुपर्नेछ । शान्तिका अग्रदुतगौतम बुद्धसंग सम्वन्धित संकेत तथा चिन्हहरुको प्रयोग भएकोलाई विशेष प्राथमिकता दिइने गाउँपालिका जनाएको छ ।

त्यस्तै गाँउपालिकाको नाम अनिवार्य रुपमा उल्लेख भएको हुनुपर्नेछ । लोगोले नार्पाभूमि गाँउपालिकाको विशेषता तथा विशिष्टता झल्काउनुपर्ने र लोगो निर्माण गर्दा जातियविभेद, साम्प्रदायीकता, सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतामा आँचआउने कुनै संकेत वाचिन्हहरु प्रयोग गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

लोगो डिजाइनको विद्युतियकपी सूचना प्रकाशित मितिले ३०दिनभित्र आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बरसहित कार्यालयको ईमेल [email protected] मा पठाउनुपर्ने छ ।

पेश भएको डिजाइनमा मूल्यांकन समितिबाट परिमार्जनको सुझाव आएमा परिमार्जन सहित डिजाइन स्वीकृत गर्न सकिने छ । यसरी परिमार्जन भएमा सर्जकले सोहीअनुसार गर्नुपर्नेछ ।

त्यस्तै सामुहिक रुपमा गरिएको डिजाइनलाई मान्यता नदिईने, म्याद नाघी आएको वाशर्र्त राखी पेश भएको डिजाइन स्वीकार्य नहुने र लोगो छनोटको अन्तिमअधिकार गाँउपालिकामा नै निहित रहनेछ, छनौट सम्वन्धमाकुनै दावीविरोध गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

छनौट भएको डिजाइनको प्रतिलिपी सहितको सर्वाधिकार गाँउपालिकामा निहित रहने गाउँपालिकाका सूचना प्रविधि अधिकृत उज्वल बास्तोलाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ