कौडालले रचना गरेको ‘मनको बोह’ बोलको गीत रेकर्ड

कौडालले रचना गरेको ‘मनको बोह’ बोलको गीत रेकर्ड

Durganidhi Kaudal

तनहुँ । दुर्गानिधी कौडाल (नवराज)ले रचना गरेको ‘मनको बोह’ बोलको गीत रेकर्ड गरिएको छ ।

गीतकार तथा सङ्गीतकार डा. श्यामसुन्दर चौधरीको आवाजमा उक्त गीतको शनिबार रेकर्ड गरिएको हो ।

तनहुँको व्यास-१४ घर भई अहिले साइप्रसमा रहेका कौडालले गजल, आधुनिक र रोइला गीत रचना गरिसकेका छ्न ।

यस अगाडी कौडालले आधुनिक गजल ‘भन्छन् नि त दुनियाँले’, रोइला ‘चुलबुले’ र लोक तथा आधुनिक ‘मर्म’ गीत रचना गरिसकेका छन ।

तिमीसँग मनको बह पोख्न पाको थिइन
बाध्यताले तिमीसँग भेट्न पाको थिइन

सुनेको थिए पराइसँग नाता जोड्दै छौ रे
अजम्बरी भनेर लाएको माया तिमीले तोड्दै छौ रे

तिमीसँग बाचा कसम खान पाको थिइन
झुटो माया तिमीसँग मैले लाको थिइन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ