बाग्लुङकी दुई युवतीकाे ठगी धन्दा: डिभी परेकाे छ सँगै जाने भन्दै युवाहरू ठग्दै

बाग्लुङकी दुई युवतीकाे ठगी धन्दा: डिभी परेकाे छ सँगै जाने भन्दै युवाहरू ठग्दै

arrest

सांकेतिक तस्बिर

काठमाडौं – आफू डिभी परेर अमेरिका गएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले बाग्लुङको काठेगाँउपालिका वडा नं. २ घर भई भक्तपुरस्थित रोजभिलेज कोलोनीमा बस्दै आएका २ युवतीलाई प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । प्रहरीले यी दुईले पटक–पटक गरी ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको जनाएको छ ।

प्रहरीले दुवैलाई ९ असारमा बुटवलबाट पक्राउ गरी ठगी मुद्दामा महानगरीय प्रहरी वृत्त ठिमी पठाएको छ ।

प्रहरीका अनुसार युवतीहरूले सामाजिक सञ्जालमा पीडितलाई फलो गरिरहने, फ्रेन्ड रिक्वेस्ट पठाउने र फ्यान भएको भन्दै एसेप्ट गर्न बाध्य पार्ने गरेका थिए ।

पक्राउ परेकी कोपिला शर्माले आफूलाई अमेरिकाको डिभी परेको र हाल लकडाउनका कारण नेपालमा बस्दै आएको बताउने गरेकी थिइन् ।

साथै कोपिला शर्माले बुबाको समेत फेक खाता बनाई ढुकुटीको पैसा तिर्ने बहानामा ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूले नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र सो सञ्चालन गर्न पैसाको आवश्यकता परेको र पीडितलाई पार्टनर बनाउने भनी पटक–पटक गरी रु। ५ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ