स्याङ्जा गल्याङका रोशनको साउदीमा कोरोनाले ज्यान लियो

स्याङ्जा गल्याङका रोशनको साउदीमा कोरोनाले ज्यान लियो

saudi roshan

स्याङ्जाका एक युवकको कोरोना भाइरसका कारण साउदी अरबमा निधन भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ८ का रोशन श्रेष्ठको आइतबार उपचारकै क्रममा निधन भएको उनका मित्र राजन पोखरेलले बताएका छन् । कोरोना संक्रमणपछि साउदीकै दमाम सेन्ट्रल अस्पतालमा एक महिनादेखि उपचाररत थिए ।

उच्च शिक्षापछि साउदी पुगेर व्यवसाय गरेका उनी एनए मिडियाका म्यानेजिङ डाइरेक्टर थिए । उनी सामाजिक संघसंस्थामा समेत क्रियाशील उनी मिलनसार प्रवृत्तिका थिए । परिवारसहित त्यहीं बसोबास गर्दै आएका उनी कोरोना महामारी अघि श्रीमतीलाई नेपाल छाडेर चैत १० गते नै फर्केका थिए ।

हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको संख्या २०६ पुगेको छ । नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त पनि भएका छन् ।

यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । यसैबीच विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ