‘बेलायत सरकारको विद्यार्थी भिसा नीतिमा परिवर्तन’

‘बेलायत सरकारको विद्यार्थी भिसा नीतिमा परिवर्तन’

miracle articlEe

पोखराको चिप्लेढुङ्गामा अवस्थित शैक्षिक परामर्श प्रदायक संस्था मिराकल इन्स्टिच्युट प्रा. लि. ले लामो समय देखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आईरहेको छ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका, यूके र क्यानडालाई प्राथामिकतामा राख्दै परामर्श सेवा प्रदान गरिरहेको मिराकल इन्टिच्युटका प्रबन्ध निर्देशक कुलराज बराल र एकेडेमिक काउन्सलर अनन्त भण्डारीसँग भएको कुराकानीमा आधारित :

बिद्यार्थीलाई युके अध्ययनको लागि आकर्षण गर्न यूके सरकारले २००९ अप्रिलदेखि नै टिएर फोर नीति ल्याएको थियो। यस नीति अन्तरगत सोचेभन्दा बढी बिदेशी बिद्यार्थी यूके अध्ययनको लागि गए तर २०१२ अप्रिलबाट लागू हुनेगरी तत्कालीन गृहमन्त्री टेरिजा मेले बिदेशी बिद्यार्थीले अध्ययन पश्चात पाउने वर्क परमिट खारेज गरिन र अध्ययन समय पूरा भएको ४ महिना भित्र बेलायत छोड्नु पर्ने प्रावधान घोषणा गरिन् । तत्पश्चात धेरै विदेशी विद्यार्थी आफ्नो गृह देश फर्कन बाध्य भएसँगै हालका प्रधानमन्त्री बोरिस जोन्सनको चुनावी विजय र बेलायत युरोपियन यूनियनबाट छुट्टिने निर्णयसँगै आफ्ना केही नीति नियममा परिवर्तन गरेको बेलायत सरकारले इन्टरनेशनल एजुकेसन स्ट्रेटेजी अन्तरगत गत सेप्टम्बर २०१९ र त्यसपछि पुनः जुलाई २०२० मा विद्यार्थी भिसा टिएर फोर को नीति र नियममा पनि परिवर्तन गरेको छ । आउँदो वर्ष २०२१ जनवरी बाट लागू हुने यस भिसा नीति घोषणाले बेलायत सरकार बिदेशी विद्यार्थी प्रति उदार भएको स्पष्ट हुन्छ र यूके नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि सहज, फलदायी एवं उत्कृष्ट शैक्षिक गन्तब्य हुने देखिन्छ । २०२१ जनवरी देखि लागू हुने टिएर फोर भिसा मा भएका प्रमुख परिवर्तनहरू निम्न अनुसार रहेका छन् ।

१. स्टुडेन्ट भिसा अप्लाई गर्न आवश्यक पोईन्टमा परिवर्तन

टीएर फोर भिसाको कोर आधारहरू पढ्न चाहेको विषय, तहको लागि आवश्यक न्युनतम योग्यता, अङ्ग्रेजी भाषा दक्षता, लाइसेन्स प्राप्त शिक्षण संस्थाको अध्ययन अनुमति, शिक्षण शुल्क र आवास खर्च मुख्य हुन् । यसअघिको विद्यार्थी भिसा रूट पोइन्ट ४० मा आधारित थियो अर्थात ४० पोइन्ट पुगेपछि विद्यार्थी भिसा अप्लाइ गर्न सकिने थियो जस अनुसार ३० पोइन्ट शिक्षण संस्थाको अध्ययन अनुमति पत्र (कास) र १० पोइन्ट आर्थिक क्षमता ( न्युनतम २८ वर्किङ दिन को बैंकिङ आर्थिक कारोबार को विवरण वा बैंकिङ संस्थाले विद्यार्थीको अध्ययन को लागि उपलब्ध गराउने एजुकेसन ऋण वा सरकारी फन्ड) बाट गणना हुने थियो तर परिवर्तित भिसा नीति अनुसार भिसा अप्लाइ को पोइन्ट मापदण्ड ७० बनाउँदै छ जसमा ५० पोइन्ट शिक्षण संस्थाको अध्ययन अनुमति पत्र (कास), १० पोइन्ट आर्थिक क्षमता र १० पोइन्ट अङ्ग्रेजी भाषा दक्षता अनुसार हुनेछ जसमा विद्यार्थीको भाषा सीप क्षमता न्युनतम कमन युरोपियन अफ रिफरेन्स फर लङ्वेज ( सी ई एफ आर) बी टू तह वा सो सरह वा पढ्न चाहेको शिक्षण संस्थाले तोकिए बमोजिम हुनुपर्ने छ। यसर्थ नयाँ नीति ले अङ्ग्रेजी भाषाको न्युनतम योग्यता लाई अनिवार्य गरेको छ। तर इन्डिपेन्डेन्ट स्कूल मा अध्ययन गर्न चाहने ४ देखि१७ वर्षसम्मका विद्यार्थीहरुलाई भने इङ्लिस योग्यता तोकिएको छैन बरु अभिभावक को स्वीकृति भने अनिवार्य गरिएको छ ।

२. विभिन्न प्रकारका छात्रवृत्ति एबं आर्थिक सहायता पाउने अवसरमा वृद्धि

यूके सरकारले विदेशी विद्यार्थीहरुलाई क्षमता र खुबी को आधार मा समान व्यवहार गर्ने स्पष्ट पारेको छ। यस अघि इयुरई ई ए र एशियन राष्ट्रका विद्यार्थीहरुलाई दिइने सेवा सुविधा मा विभेद थियो। नयाँ नियम ले एशियन विद्यार्थीले पनि अन्य राष्ट्रका विद्यार्थी सरह विभिन्न प्रकारका छात्रवृत्ति एबं आर्थिक सहायता प्राप्त गर्ने सक्ने छन्। छात्रवृत्ति ट्यालेन्ट विद्यार्थीले मात्र प्राप्त गर्दछ भन्ने हुँदैन खोज्न जान्ने औसत विद्यार्थी ले पनि राम्रो छात्रवृत्ति पाउने गर्छन। तसर्थ जिज्ञासु र पढाइ मा तिब्र इच्छा भएका विद्यार्थीले छात्रवृत्ति पाउन सक्ने सम्भावना बढी छ। विश्वविद्यालय तथा बिभिन्न संघ संस्थाहरुले बिबिध शीर्षकमा विभिन्न छात्रवृत्ति कोषहरु खडा गरेका हुन्छन्। खोज्न जानेमा र तोकिएको मापदण्ड पुरा गरेमा उक्त छात्रवृत्ति पाउन सकिन्छ।

३. पोस्ट स्टडी वर्क परमिट को पुनरागमन

बेलायतले २०१२ पछि खारेज गरेको पोस्ट स्टडी वर्क परमिट अहीलेको नयाँ नीति मा पुनः समावेश गरिएको छ। ग्राजुएट—रुट नाम दिईएको यो भिसाले विद्यार्थीले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन सके पश्चात दुई वर्ष र पी एच डी सके पश्चात ३ वर्ष बस्न, काम खोज्न र गर्न सक्ने छन्। नयाँ नियम अनुसार विद्यार्थीले पढाइ सकेपछि सीप को जुनसुकै तहमा काम गर्न सक्नेछन् साथै अनुकुल काम गरेको खण्डमा अन्य स्कील्ड वर्कर भिसा मा टिएर फोर बाट भिसा स्विच गर्न सक्नेछन्। नयाँ भिसा नीति २०२१ को समरमा अथवा त्यसपछि ग्राजुएट हुने विद्यार्थीहरुलाई लागु हुने बताइएको छ। २०२१ को समर भन्दा अगाडि ग्राजुएट हुनेहरूको लागि भने नयाँ घोषणा लागु हुँदैन अथार्त अध्ययन पश्चात पोस्ट स्टडी वर्क को सुविधा प्राप्त गर्न पाउने छैनन् र यस्तो सुविधा यदि एउटा विद्यार्थीले धेरै कोर्से वा तहमा अध्ययन सकेको भए पनि १ पटक मात्र प्राप्त गर्न सक्ने छन्।

४. पढाइ र कामको अनुभव भएमा सेटल हुन सजिलो

विद्यार्थीसँग आफ्नो पढाइको योेग्यता सँगै कामको अनुभव पनि भएमा बिद्यार्थी भिसा टिएर फोर बाट अन्य भिसा रुट मा सहजै स्विच हुन सक्ने छन् । विद्यार्थीले स्टिम कोर्स अथार्त विज्ञान, टेक्नोलोजी, ईन्जिनियरिङ, गणित र चिकिस्सा विज्ञान जस्ता प्राबिधिक बिषयहरुमा मात्र नभई अन्य माइग्रेसन एड्भाइजरी कमिटी (एम ए सी) ले तोकिदिएको टिएर टु शर्टेज पेसाका विषयहरूको पढाइ र काम को अनुभव भए पढाई सिध्याई सकेपछि टिएर टु जनरल स्पोन्सर पाउन सजिलो हुने देखिन्छ। यो टिएर टू भिसा मा स्विच हुन को लागि ७० पोइन्ट को आवस्यकता पर्नेछ जस अन्तर्गत पढाइ को योग्यता, न्युनतम तलब , पेसाको प्रकृति लाइ मुख्य आधार बनाइएको छ। जुन बेलायत अध्ययन गर्न जाने जेनुइन् विद्यार्थी को लागि पहिले भन्दा सहज मापदण्ड मानिएको छ । यस टीएर टू भिसामा ५ वर्ष बेलायतमा काम गरेर निश्चित मापदण्ड पुरा गरे पश्चात स्थाई बसोबासका लागि आवेदन दिन सक्ने छन् र विद्यार्थीहरु सहज सेटल हुन पनि सक्नेछन।

५. आश्रित सदस्य लैजाने पाउने र अन्य सहजताहरु

अन्य परिवर्तनहरूमा कम्तीमा नौ महिनाको पोस्ट ग्राजुएट कोर्स वा गभर्नमेन्ट फण्डिङ मा कम्तीमा मा ६ महिना को कोर्स अध्ययन गर्न जाने विद्यार्थी ले आफूसँग आफ्ना आश्रित परिवार का सदस्य (पार्टनर वा आफ्ना १८ वर्ष मुनिका छोरा छोरी ) लाइ आफू सँग लैजान पाउने छन्। आश्रित सदस्यले पुर्ण समय जुन सुकै काम गर्ने सक्नेछन र उनीहरूको यूके लेबर मार्केट को नीति नियमले निर्देश गरे अनुरुपका सेवा र सुविधामा पहुंच हुनेछ। तर स्नातक तह मा अध्ययन गर्न जाने विद्यार्थी ले भने आफ्नो आश्रित सदस्य लैजाने पाउने छैनन ।

नयाँ टिएर फोर नीति अनुरुप कुनै विद्यार्थी ले यदि कुनै यूके डिग्री लिसकेको भए आफ्नो पूर्व यूके शैछिक योग्यता को आधारमा अन्य कुनै युके डिग्री लिन सक्नेछन् । यस अघिको नियममा नयाँ डिग्री लिन चाहेमा विद्यार्थी सँग पूर्व सैछिक योग्यता का साथै आर्थिक क्षमता पनि देखाउनु पर्ने थियो। त्यसैले नयाँ नियमले विद्यार्थीहरुलाई अन्य डिग्री लिन प्रक्रियागत झन्जट हरू कम गरी सहज वातावरण दिएको छ ।

समग्रमा युके को नयाँ विद्यार्थी भिसा नितिले विशुद्ध आफ्नो अध्ययन लाई प्राथमिकता दिने विदेशी विद्यार्थी लाई केन्द्रित गरी अध्ययन को लागि आवहान गरेको देखिन्छ र क्षमताका आधारमा विदेशी विद्यार्थी लाई समान व्यवहार गर्ने प्रष्ट देखिन्छ ।साथै यस नीति ब्रेक्जिट पछि युकेमा भविष्यमा हुन सक्ने शिक्षित र प्राविधिक कामदारहरुको आपुर्तिको कमीलाई समायोजन गर्नको लागी दक्ष जनशक्ति को उत्पादन गरी युकेको लेबर मार्केटको आवस्यकता पुरा गर्ने उद्देश्य लिएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds