लट्टेलाई आफ्नै श्रीमतीले ‘नकचरो पोई’ भनेपछि… [भिडियो]

लट्टेलाई आफ्नै श्रीमतीले ‘नकचरो पोई’ भनेपछि… [भिडियो]

Nakacharo poi

मेरो नेपालको प्रस्तुति श्रष्टा अर्जुन बाँस्तोलाको तीज कोसेली नकचरो पोईलाई रुचाईंदै गएको छ । चर्चित गायक गायिका माया गुरुङ र रामजी पौडेललको स्वरमा रहेको यो गीत कर्णप्रिय बनेको छ । गीतमा इश्वर सिंह र सरस्वती लामिछानेले पनि स्वरमा साथ दिएका छन् ।

लय गायक पौडेलकै हो भने शब्दमा गायिका गुरुङको पनि योगदान छ । डिजिटल स्टार स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज एरेन्ज तारानाथ आचार्यले गरेका हुन् ।

भिडियो पनि ठट्यौली पारामा बनेको छ । होम गुरुङको निर्देशन र कोरियोग्राफ रहेको भिडियोमा अहिलेका चर्चित हाँस्य कलाकार राजेन्द्र नेपाली (लट्टे, पोखरेली धुर्मुस), सिमा नेपाली, सबिन गुरुङ र नीतु गुरुङलाई देख्न सकिन्छ ।

सन्जिब बराल, प्रतिभा सुबेदी, महेन्द्रमान श्रेष्ठ, राधा गौतम पनि भिडियोमा देखिएका छन् । डाईरेक्टर अफ फोटोग्राफी गणेश सापकोटाको रहेको छ । अर्जुन आफैले खिचेका हुन् । उनलाई राकेश श्रेष्ठले साथ दिएका छन् । भिडियोको सम्पादन÷रंग संयोजन सुबास अम्गाईंको हो । फलानो क्रियशनको पोष्ट प्रोडक्सन रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ