बागलुङमा बाढी पहिरोमा परी चार जनाको मृत्यु

बागलुङमा बाढी पहिरोमा परी चार जनाको मृत्यु

badi pahiro

सन्दर्भ तस्बिर

बागलुङमा पहिरोले पुरिएर तीन बालबालिका र खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले दिएको जानकारीअनुसार वर्षाका कारण बिहान साढे ३ बजेतिर तमनखोला गाउँपालिका वडा नम्बर २, खोलेसङमा पानबहादुर विकको घर पहिरोले पुर्दा उनका १३ वर्षीया छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ। उनकी श्रीमती ३४ वर्षीया होमकुमारी सामान्य घाइते भएकी छन्। पानबहादुर वैदेशिक रोजगारीमा छन्।

यस्तै निसीखोला गाउँपालिका वडा नम्बर १, हर्के भन्ने स्थानमा सोमबार राति साढे १ बजेतिर पहिरो खसेर कमल परियारको घर पुर्दा च्यापिएर उनका ३ वर्षीय छोरा समीर परियारको मृत्यु भएको हो। उनकी श्रीमती भने बाँच्न सफल भएकी छन्। कमल पनि वैदेशिक रोजगारीमा छन्।

यस्तै सोही गाउँपालिका वडा नम्बर ६, रियाताल भन्ने स्थान नजिकैको खोलामा एक वृद्धाको शव फेला परेको छ। ५२र५३ वर्षकी उनको नामरठेगाना खुल्न सकेको छैन। सोमबार साँझ खबर प्राप्त हुनासाथ मिसीस्थित प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds