सन्दीप भाेलि नौ वेष्ट इन्डिज प्रस्थान गर्दै

सन्दीप भाेलि नौ वेष्ट इन्डिज प्रस्थान गर्दै

sandip goes to abroad

फाइल तस्वीर

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने पक्का भएको छ। उनी भोलि वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । हवाइ टिकटको टुङ्गो लाग्ने सम्भावना कम भएकाले केही दिनअघि उनको सिपिएल यात्रा अन्योलमा परेको चर्चा चलेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा भिडियो एनालिस्ट रमन सिवाकोटीले आज ट्विटमार्फत सन्दीपको सिपिएल यात्रा पक्का भएको जानकारी दिएका हुन् । ‘सन्दीपले सिपिएल खेल्ने पक्का भएको छ ।

तेस्रो सिजन सिपिएल खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजन जमैका तलावाजले ९० हजार अमेरिेकी डलरमा अनुबन्धन गरेको छ । यो सिजनको सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुँदैछ ।
आइसिसीको नियमअनुसार सन्दीपले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र क्लबको प्रशिक्षणमा सहभागी हुन पाउने छन् । सन्दीपको टिमले १९ अगस्टमा सेन्ट लुसिया जुक्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।  कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने सक्ने आशंका गरिएको थियो। तर अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ