बाढीले बगायो दुई वटा एम्बुलेन्स

बाढीले बगायो दुई वटा एम्बुलेन्स

badi

symbolic pic

दाङ – अविरल वर्षापछि खोलाहरूमा आएको बाढीले दाङमा दुई वटा एम्बुलेन्स बगाएका छन्।  घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित हापुर खोलाले गएराति रा १ च ८१२ नम्बरको एम्बुलेन्स बगाएको हो।

बिरामी बोकेर घोराहीबाट तुलसीपुरतर्फ गुडिरहेको  उक्त एम्बुलेन्स करिब २० मिटर तलसम्म पुगेको हो ।

बुधबार बिहान सात बजेतिर मात्रै एम्बुलेन्स क्रेनको सहायताले निकालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए।

गाडीमा चालकसहित ४ जना मात्रै रहेको र सबै सकुशल रहेको उनले जानकारी दिए।

त्यस्तै, बुधबार बिहान करिब साढे २ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ त ८११ नम्बरको एम्बुलेन्स घोराही ४ स्थित सिस्ने खोलाले बगाएको छ।

करिब १५ मिटर तल पुगेको उक्त एम्बेलेन्समा ६ जना सवार रहेको र उनीहरू सबै सकुशल रहेको डिएसपी खड्काले बताए।

स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको प्रहरीले बताएको छ।

तुलसीपुर–घोराही– लमही सडक खण्डमा पानीमुनि निर्मित कचवेका कारण खोलाहरूमा बाढी आउँदा जोखिमयुक्त यात्रा गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ