पोखराको सेती नहरमा हाम्फाले खड्का, दुई कुलाको मुहानमा शव भेटियो

पोखराको सेती नहरमा हाम्फाले खड्का, दुई कुलाको मुहानमा शव भेटियो

sab fela 1

प्रतिकात्मक तस्विर

दोलखाका एक पुरुषले पोखरामा ज्यान फालेका छन् । दोलखा तामाकोशी ४ घर भएका ४३ वर्षीय रमेश खड्का सेती नहरमा हामफालेका हुन् ।

पोखरा १२ ढिकालेथरबाट सेती नदिको नहरमा साँझ ५ः२५ बजे हाम्फालेका खड्काको शव ७ः०५ बजे पोखरा १३ दुई कुलाको मुहानमा भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

खड्का पोखरामा बिजुलीका काम गर्दै आएको बुझिएको छ । ढिकालेथरबाट मान्छे हाम्फालेको सूचना प्रहरीमा प्राप्त भएपछि खोजीका लागि वडा प्रहरी कार्यालय रामबजारको टोली खटिएको थियो । डेढ घण्टापछि दुई कुलाको मुहानमा उतारेको अवस्थामा शव भेटिएको हमालले बताए । अहिले शवको मुचुल्का उठाउने काम  भइरहेको प्रहरीले जनाएको छ । उनले किन हाम्फाले भन्ने थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds