पोखराका १४ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

पोखराका १४ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

Corona update 4

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३८ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४७९ जना पुगेको छ ।

स्याङ्जामा ११, बाग्लुङमा ६, तनहुँमा ३, नवलपरासीमा १, कास्कीमा १४, लमजुङमा १ सहित गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि देखिएको हो । ३८ जना संक्रमित मध्ये २ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा २ का २ जना र पोखरा १२ का १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गरिएको थियो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यसैगरी, गण्डकी प्रदेशमा निको हुनेको संख्या १२३० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ