ब्रेकअप पछि प्रेमिकासँगको अश्लिल भिडियो साथीलाई पठाउने युवक पक्राउ

ब्रेकअप पछि प्रेमिकासँगको अश्लिल भिडियो साथीलाई पठाउने युवक पक्राउ

aslil

कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका छन् ।

भट्टले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताएका छन् ।

‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको देखिन्छ’ प्रवक्ता थापाले भने ‘अहिलेसम्म इन्टरनेटको माध्यमबाट सार्वजनिक गरेको भन्ने खुलेको छैन । हामी अनुसन्धानमै छौँ ।’

पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले १० साउनमा भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ