गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमितमा स्याङ्जाका ८ जना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाको २ जना महिला र ६ जना पुरुष गरि ८ जना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५४३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ८ जना संक्रमित भेटिएका हुन ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३४२ पुगेको व्यहोरा समेत अनुरोध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ