पाेखरा – कोरोना विरूद्ध अग्रमोर्चामा खटिएर जिम्मेवारी निर्वाह गरिरहँदा पोखरामा पहिलो पटक सुरक्षाकर्मी पनि संक्रमित बनेका छन् । फ्रण्टलाइनरमा संक्रमण देखिएमा उनीहरू धेरैजनासँग प्रत्यक्ष सम्पर्कमा रहने हुँदा समुदायस्तरमा डरलाग्दो गरि फैलने सम्भावना रहन्छ । त्यसैले स्याङ्जामा प्रहरी प्रमुख सहित ३ दर्जन बढी प्रहरी संक्रमित भएपछि नै जिल्लामा निषेधाज्ञा जारी छ । पोखरामा फ्रण्टलाइनरहरू डाक्टर नर्समा कोरोना देखिएपनि प्रहरीमा देखिएको थिएन ।
ट्राभल हिस्ट्री नै नभएका ती प्रहरीलाई कोरोना पुष्टि भएपछि पोखरामा समुदायस्तरमै कोरोना फैलिएको कुरालाई नकार्न सकिने अवस्था रहेन । यसअघिका केही संक्रमितहरूमा पनि ट्राभल हिस्ट्री छैन ।
३८ वर्षीय ती प्रहरी पोखरा ३ नदिपुर बिटमा कार्यरत हुन् । उनको स्वाब साउन १८ गते लिइएको थियो । पहिल्यैदेखि सामान्य ज्वरो आएकाले उनी पोखरा गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा भर्ना भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले कोरोना पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा सारिएको जानकारी दिए । उनले संक्रमितको थप विवरण दिँदा पहिचान खुल्ने भएकाले विस्तृतमा बताउन मानेनन् ।
संक्रमितको कन्ट्याक्टमा रहनेहरूको खोजी गरिएको उनले जनाए । बिटमा कार्यरत अन्य प्रहरीको स्वाब लिइएको उनले जनाए । नदिपुर प्रहरी बिट अहिले सिल गरिएको छ । बाह्य ‘ट्राभल हिस्ट्री नभएका कारण बिटमै कार्यरत रहेका ३ जना सुरक्षाकर्मीलाई पनि क्वारेन्टिनमा राखिसकिएको डिएसपी हमालले बताए । ती संक्रमित प्रहरीले पहिल्यै ज्वरो आउँदा पनि स्वाब परिक्षण नगरेको खुलेको छ । कोरोना भाइरस नै बोकेर फिस्टेल हस्पिटलमा बसेका उनमा आज मात्रै पुष्टि भएको छ । मनिपाल, जिएमसीसँगै फिस्टेलमा पनि अब कोरोनाको त्रास बढाएको छ ।
उनी चोकमै बसेर ड्युटी गर्ने, नजिकै रहेको क्वारेन्टाइनमा गइरहने भएकाले पनि कोरोना सरेको अनुमान प्रहरीको छ । पोखरा महानगरमा अहिलेसम्म १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ९० जना निको भएका छन् । गण्डकी प्रदेशभर १ हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार ३ सय ६२ जनाले कोरोना जितिसकेका छन् ।
- कास्कीका १११ प्रहरीको स्वाब संकलन
यसैबीच, बुधबार नै कास्कीमा कार्यरत १११ प्रहरीको स्वाब संकलन भएको डिएसपी हमालले बताए । पोखरा महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा स्वाब संकलन गरिएको उनले बताए ।
प्रहरीमा देखिएपछि स्वाब संकलन गरिएको भने हैन । बिहानै स्वाब लिइएको हो । कास्कीका जिल्ला प्रहरी कार्यालयसँगै अन्तर्गतका सबै ईलाका, वडा, बिटमा कार्यरत प्रहरीको प्रतिनिधिमूलक ढंगले स्वाब लिइएको छ । हाम्रो अवस्था के छ रु त्यो बुझ्नैपर्ने देखिएर पनि गरिएको हो । रिपोर्ट के आउँछ हेरौं ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प