काठमाडौं । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ ।
परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने भएको छ ।
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । आंशिक तथा ग्रेड बृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपुर्व परीक्षा दिइसक्नु पर्दछ ।
बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराइने निर्देशिकामा उल्लेख छ ।
सम्बन्धित खबर
संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह
आज देशभरको मौसम कस्तो रहन्छ?
गृहमन्त्री लेखकले पोखरामा फेरि दोहोर्याएः ‘सत्तासाझेदारीमा समस्या छैन’
बुटवलमा गोली चल्यो, एक महिला घाइते
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै
सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य