फेसबुकले हटायो डोनाल्ड ट्रम्पको स्टाटस

फेसबुकले हटायो डोनाल्ड ट्रम्पको स्टाटस

dolenl trupm 11

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित गरेका थिए ।

फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “ कोभिडसम्बन्धी अहितकर झुठो सूचना” को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ ।

विश्वकै अग्रणी सामाजिक संजाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक र गलत ठह¥याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलो पटक हो । हुनत यसअघि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको यो भिडियो अंशमा राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताएका छन् । उनले कोभिडसम्बन्धी फेसबुकको नीति विपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा आफ्नो भनाईको बचाउ गरेका थिए । उनले भने, “बालबच्चाहरुले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरुमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ ।” स्वास्थ्य अधिकारीहरुले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले गत साता पनि कोभिड सम्बन्धी गलत सूचना प्रवाह गरेका थिए ।-एएफपी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ