पोखरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara Mahendrapul

Photo: Sanjay Shakya

पोखरा । गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा महानगरका ४ सहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको पिसिआर परीक्षणमा प्रदेशका ५ जिल्लाका ६ पुरुष र ३ महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा कास्की जिल्लाको पोखरा महानगर-८ का ३ पुरुष र १ महिला, स्याङ्जाको फेदीखोलाका २ पुरुष, तनहुँ र गोरखाका १-१ महिला तथा पर्वतका १ पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५७५ पुगेको छ |

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds