गण्डक अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

गण्डक अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

corona death

वीरगञ्ज । वीरगञ्जको अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ