पोखराका थप २ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका थप २ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 4

पोखराका २ सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका २ सहित थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. २ र ८ का २ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपुरका १ जना र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा स्याङ्जाका १ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।

उनिहरु सवैजना पुरुष रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ । यि मध्ये १३८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ