पाेखरामा समुदायस्तरमै फैलियाे काेराेना

पाेखरामा समुदायस्तरमै फैलियाे काेराेना

Pokhara Newroad

पोखरा – पोखरामा  ट्राभल हिस्ट्री नै नभएका पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा कोरोना देखियो । उनको कुनै ट्रभल हिस्टी नभई कोरोना देखिए पछि कोरोना समुदाय फैलिएको आंशका गरिएको थियो ।

उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा शुक्रबार ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पोखरा १९ का ३ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले डा। विनोद बिन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिकामा अहिले सम्म १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ९० जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा १ हजार ५ सय ८७ कोरोना संक्रमण पुगेका छन् । गण्डकी प्रदेशमा १ हजार ३ सय ८३ जना निको भएर घर फर्किएका भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ