पिएन क्याम्पस प्रमुखकाे कक्ष आंशिक प्राध्यापकद्वारा ताेडफाेड

पिएन क्याम्पस प्रमुखकाे कक्ष आंशिक प्राध्यापकद्वारा ताेडफाेड

pn campus

तस्वीर: बिष्णु गाैतमकाे फेसबुक

पोखरा – पोखराका पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोडबाट झ्यालका सीसा फुटेका र केही कुर्सीमा समेत क्षति पुगेको छ ।

पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक छन् । ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो ।

आंशिक पदमा करिब १४ वर्षदेख कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् । हालसम्म क्याम्पस प्रशासनले माग पुरा गर्न चासो नदेखाएपछी उनीहरु आक्रोशित भई तोडफोड गर्न बाध्य हुन ।

अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कार्यभार आफूहरुले पूरा गरेको तर समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका थिए । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने भन्दै माग गर्दै आइरहेका थिए ।

उनीहरु अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

  • यसबारे क्याम्पस प्रमुख प्रा डा. सरोज कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह गरेका छन् । शिक्षक र प्रमुख कोइरालासँग भएको वार्तामा केन्द्रसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानार्थ आफु उन्मुख भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds