पाेखरा ९ र १७ का ३ जनासहित गण्डकी प्रदेशमा २४ जना थपिए

पाेखरा ९ र १७ का ३ जनासहित गण्डकी प्रदेशमा २४ जना थपिए

Corona update 4

पाेखरा महानगरपालिकाका ३ सहित गण्डकी प्रदेशमा २४ जना काेराेना संक्रमित थपिएका छन् । पाेखरा वडा नं. ९ का १ पुरूष र १ महिला सहित पाेखरा १७ का १ पुरूषमा काेराेना संक्रमण देखिएकाे हाे । गण्डकीमा सबैभन्दा बढी स्वाब परिक्षण पनि गरिएकाे छ ।

निर्देशनालयका अनुसार कास्कीका २ पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना देखिएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ