पर्वत अस्पतालमा ४ वटा डायलासिस मेसिन जडान, मिर्गौलाका बिरामीले निशुल्क सेवा पाउने

पर्वत अस्पतालमा ४ वटा डायलासिस मेसिन जडान, मिर्गौलाका बिरामीले निशुल्क सेवा पाउने

Parbat hospital 1

पर्वत । पर्वत जिल्ला अस्पतालमा ४ वटा डायलासिस मेसिन जडान गरिएको छ ।

मिर्गौलाका बिरामीले अब निशुल्क डायलासिस सेवा पाउने छन् ।

आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पताल पुगेर डायलासिस सेवाको उद्घाटन गरेका छन ।

गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ३० लाख रुपैयाँबाट उक्त मेसिन किनिएको हो ।

मेसिनको सेवा सुरु भएपछि पर्वतका मिर्गौला पीडितले डायलासिस गर्न अर्को जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

पर्वत जिल्ला अस्पतालले डायलसिस सेन्टरमा २४ सै घन्टा सेवा उपलब्ध हुने व्यवस्था मिलाएको छ ।

२ सिफ्ट चलाउँदा दैनिक १२ जना बिरामीलाई सेवा दिन सक्ने क्षमता सेन्टरको रहेकोे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds