पोखरा १६ र १९ का नागरिकलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन वडाध्यक्षद्धयको आग्रह (विज्ञप्ति)

पोखरा १६ र १९ का नागरिकलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन वडाध्यक्षद्धयको आग्रह (विज्ञप्ति)

Untitled

पोखरा – कोरोना संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका वडा नं.१६ र १९ का वडाध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

वडा नं.  १९ का वडाध्यक्ष शोभामोहन पौडेलले र १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसाय समेत बन्द गर्न आग्रह गरेका हुन् । आइसोलेसनमा रहेका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुले वडा कार्यालयमा नाम टिपाउन समेत आग्रह गरिएको छ ।

पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज (आईतबार) मृत्यु भएपछि दुवै वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका हुन् । संक्रमण बढ्दै गएमा प्रशासनले शिल गर्न सक्नेतर्फ वडाध्यक्षद्धयले सचेत गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ