पोखरामा ‘कोरोना भगाउँछु’ भन्ने सच्चाई प्रमुख नै कोरोनासँग हारे

पोखरामा ‘कोरोना भगाउँछु’ भन्ने सच्चाई प्रमुख नै कोरोनासँग हारे

covid-pkr death

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

कोरोनाले पोखरा महानगरबासीको ज्यान पहिलोपटक लियो । पोखरा १९ लामाचौरका ६२ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे ज्यान गयो । ज्वरो र रुघाखोकी लागेर साउन १६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका उनी ८ दिनपछि नै संसार छाडे । उनी लामाचौरमा ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ चलाउँदै आएका धर्म प्रवर्तक भएको खुलेको छ ।

धर्मकै आडमा प्राथना गर्ने भन्दै भिड जम्मा गर्दै कोरोना भगाउने दाबी गर्ने उक्त पुरुष आफै कोरोनाबाट हारेका छन् । ज्यानमा मधुमेह रोग रहेकाले पनि कोरोनाले जित्न सहज भयो । उनको अनुयायी ६ जना कोरोनासँग लड्दैछन् । आफ्नो सच्चाई केन्द्रमा उनी प्रवचन दिन्थे । हङकङमा बसोबास गर्ने उनी क्रिश्चियन धर्म प्रचारका लागि सच्चाई केन्द्र सञ्चालन गर्दै आएको स्थानीयको दाबी छ । तर, सच्चाई सञ्चालन गर्ने जोकोहिले पनि हरेक धर्मकाहरु सच्चाईमा आउन सक्ने तर आफूहरु क्रिश्चियन नभएको दाबी गर्दै आएका छन् । सनातन धर्मका अगुवाहरु भने सच्चाई सिधै धर्म परिवर्तन नभई मन्द विष प्रवाह गर्दै कालान्तरमा सहभागीहरुलाई क्रिश्चियन बनाउने रणनीति रहेको ठहर गर्छन् ।

सच्चाई केन्द्रमा जाने गरेकाहरु मध्ये कोरोना जाँच गर्दा ६ जनामा कोरोना पुष्टि भइसकेको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले जनाए । संक्रमण देखिएका ६ जनामध्ये २ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन् भने बाँकी ४ जनालाई लेखनाथस्थित संक्रामक अस्पतालको आइसोलेसनमा लगिएको छ । साउन १७ गते नै उनमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो, जसमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘उहाँले कोरोना भगाउने शक्ति आफूसँग भएको बताउने गरेको र लकडाउनको समयमा पनि घरमै बोलाएर सच्चाईको कार्यक्रम गर्ने गरेको वडाअध्यक्ष पौडेलको भनाई छ । उनका सबै परिवार हङकङ बस्दै आएका छन् । उनका २ छोरी र श्रीमती हङकङमै बस्दै आएका छन् । लकडाउन नभएको भए उनीपनि हङकङ पुगिसक्ने थिए ।

सच्चाई केन्द्रका प्रमुखकै मृत्यु भएपछि पोखरा वडा नं. १९ र १६ का लामाचौर, बाटुलेचौर, पुरुञ्चौर बासी त्रसित बनेका छन् । ति पुरुष रहेको स्थान १९ र १६ को सीमा क्षेत्र हो । सम्भावित जोखिम क्षेत्र सिल पनि गरिएको छ । वडा नम्बर १९ को लामाचौर चोक, भक्तिपथ, सहरडहर, भण्डारी डहर, गैरीखोर, गैह्राबारी लगायतका ठाउँमा सोमबारबाट सिल गरिएको छ ।

सेनाको सलामीका साथ शव व्यवस्थापन

मृतकको पोखरा–३२ मजुुवा नजिकै रातो पैह्रा घाटमा आइतबार नै शव व्यवस्थापन गरिएको छ । नेपाली सेनाको टोलीले सलाीमका साथ शव व्यवस्थापन गरेको हो । कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले कोरोनाबाट मृत्यु भएकालाई अन्त्येष्टि गर्ने मापदण्ड बमोजिम नै शव व्यवस्थापन भएको र यसअघि जस्तो रोकतोक नभएको बताए ।

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

यसअघि दुई जनाको अन्त्येष्टिका क्रममा विवाद भएको थियो । जेठ २५ गते मृत्यु भएका स्याङ्जाको पुरुषको शव व्यवस्थापनका क्रममा पोखरा ११ र २० बासीले विरोध गरेका थिए । त्यसबेला प्रहरीले बल नै प्रयोग गर्नुपरेको थियो ।

सम्बन्धित समाचारः १९ घण्टापछि शव व्यवस्थापन, फूलबारी र भलामबासीको अवरोध, जनप्रतिनिधि नाइके [तस्विरहरु]

यस्तै,  असार १० गते राति पोखरा ३२ मजुवा मै शव व्यवस्थापन गर्दा स्थानीय र प्रहरीको झडप हुँदा प्रहरीसहित स्थानीय घाईते भएका थिए ।

सम्बन्धित समाचारः स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु, गण्डकीमा मृत्यु हुनेको संख्या दुई पुग्यो

शनिबार मृत्यु भएका पुरुषसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पोखरामा मृत्यु हुने तेस्रो व्यक्ति हुन् भने पहिलो पोखरा महानगरबासी हुन् ।

क्रिश्चियनलाई कोरोना नलाग्ने दाबी गर्ने पास्टर जेलमा

प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई चैत १० गते नै कास्की प्रहरीले पक्राउ गरिसकेको छ । उनले मान्छेहरूलाई भेला पारी ’यशूले कोरोनाभाइरस निको पार्ने’, ’परमेश्वरको कृपा चाइनामाथि छ’, लगायतका भ्रम फैलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

जुम्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ३२, पावरहाउस खुदी सुकुम्बासी टोल बस्ने उनी पोखरा चिप्लेढुंगास्थित निभा गल्लीमा रहेको प्रशस्त कटनी मण्डलीमा आबद्ध थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ