म्याग्दी, मुस्ताङ, मनाङसहित ७ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

म्याग्दी, मुस्ताङ, मनाङसहित ७ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

griha-mantralaya

काठमाडौँ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले म्याग्दी, मुस्ताङ, मनाङ, प्युठान,  रौतहट, दैलेख र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । यस्तै, मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल र मनाङमा ध्रुव गिरीलाई सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ । दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ ।  प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल,  राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व सरुवा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ