पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल

पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल

Pokhara ward 27

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार निकालेको सूचनाअनुसार पोखराको वडा नं. ५ का पुरुष र वडा नं. २६ का महिलामा कोरोना संक्रमण पुष्टि भयो । पोखरा २६ मा देखिएको कोरोना संक्रमित वडा कार्यालय २७ मा काम गर्ने ४० वर्षीया महिला कार्मचारी भएको खुलेको छ ।

वडा नं. २७ का कर्मचारीमा कोरोना संक्रमण भएलगत्तै महानगरले कार्यालय परिसर सिल गरेको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै कार्यालय आगामी ३० गतेसम्मका लागि बन्द गरिएको महानगर श्रोतले जनाएको छ ।

कर्मचारीमा कोरोना पुष्टि हुने बित्तिकै वडाबाट प्रदान गरिने सेवा प्रवाहलाई ३० गतेसम्म बन्द गर्न महानगरले पत्र पठाएपछि कार्यालय बन्द भएको छ ।

तालचोक स्थित साविक लेखनाथ नगरपालिका रहेको भवनमा पोखरा वडा नंं २७ को कार्यालय राखिएको छ । यो भवन परिसरमा पनि अब अत्याधुनिक बाल हस्पिटल सञ्चालन गर्ने तयारी अगाडि बढाइसकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ