पोखरामा बैंक र सहकारीका कर्मचारीलाई कोरोना

पोखरामा बैंक र सहकारीका कर्मचारीलाई कोरोना

Pokhara-City

पोखरामा मंगलबार चार जना सहित गण्डकीमा आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । पोखराका ४ संक्रमित मध्ये २ जना बैंकिङ क्षेत्रमा कार्यरत रहेको खुलासा भएको छ । पोखरामा यसअघि डाक्टर,  नर्स,  प्रहरी सहित आम सर्वसाधारणमा देखा परिसकेको कोरोना मंगलबार पोखराको एक बैंक र एक सहकारीमा कार्यरत  कर्मचारीमा देखिएको हो ।

सिद्धार्थ बैंकको पोखरा ६, लेकसाइड स्थित शाखाका एक ३० वर्षीय पुरुष र पोखरा ५ मालेपाटन स्थित कञ्चन सहकारीका ३८ वर्षीया महिला कर्मचारीमा कोरोना पुष्टि भएको श्रोतले जनाएको छ । उनै महिलाका ११ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि दुवै कार्यालय सिल गरिएको छ । अहिले उनीहरुको कन्ट्याक्ट ट्रेसिङको कार्यलाई तिव्रता दिइएको जनाइएको छ । बैंकका कर्मचारी स्वाब दिइसकेपछि पनि बैंक गइरहेका कारण सम्पर्कमा को को रहे ? अफ्ठेरो अवस्था सिर्जना भएको छ । सहकारीकी महिला ज्वरो आएका कारण पोखराको फेवासिटी हस्पिटलमा पुगेकी थिईन् । त्यहींबाट उनको स्वाब संकलन भएको थियो । पोखराको मनिपाल, गण्डकी मडिकल कलेज, फिस्टेल हस्पिटल गैह्रापाटनसँगै फेवासिटी हस्पिटलमा पनि कोरोना संक्रमित पुगिसकेका छन् । यहाँ विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।

पोखरा १७ मा देखिएका ४५ वर्षिया महिलामा समेत कोरोना पुष्टि भएको छ । ति महिलाको परिवारमा पुगेर उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ