पोखरा वडा नं. ९ को कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द

पोखरा वडा नं. ९ को कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द

pokhara-9

पोखरा वडा नं. ९ को कर्मचारीमा कोरोना संक्रमण भएपछि वडा कार्यालयबाट दिइने सेवा बन्द गरिँदैछ । पोखरा रमंगलबार पोखरा महानगरपालिका वडा नं.ल ९ मा कार्यरत एक जना कार्यालय सहायकलाई कोरोना संक्रमण पुष्टी भएपछि सुरक्षाका लागि वडा कार्यालय सिल गर्ने योजना रहेको वडा अध्यक्ष रामराज लामिछानेले बताए । ति संक्रमित कर्मचारी यसअघि संक्रमण भएका प्रहरीका आफन्त हुन् ।

यसअघि, पोखरा वडा नंं २७ का महिला कर्मचारीलाई पनि कोरोना संक्रमण भएर ३० गतेसम्मका लागि कार्यालय सिल भइसकेको छ । कर्मचारीमा कोरोना संक्रमण भएको खवर पाएसँगै वडा कार्यालय बन्द गर्ने र संक्रमितहरु रहेको टोल सिल गर्ने तयारी भइरहेको लामिछानेले बताए ।

पोखरा वडा नंं. ९ मा मात्र नौ जनामा संक्रमण भइसकेको छ । मंगलबार ७ जना संक्रमित भेटिएका थिए भने त्यसअघि २ जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds