पोखरा महानगरपालिकामा १३ करोड आर्थिक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहँदा सत्तारुढ दलकै अनेरास्ववियूको एक टोलीले मौन प्रदर्शन गरेको छ । विहीबार पूर्वान्ह पोखरा महानगर परिसरमा भेला भएका उनीहरुले हातमा कुचो र ‘मेयर साहेब, १३ करोड खै ?’ लेखेको प्लेकार्ड बोकेर उभिए ।
त्यसपछि गेटदेखि कार्यालयको प्रवेश ढोकासम्म कुचोले बढारे । महानगर भ्रष्टाचार र अनियमिताको आहालमा डुबेकाले अब यसबाट सफा हुनुपर्छ भनेर संकेत स्वरुप कुचोले बढारेको अनेरास्ववियुका केन्द्रिय सदस्य राजन शर्मा पराजुलीले बताए ।

महानगरले अनियमितता छानविनका लागि छानविन आयोग नै बनाएर जनतालाई प्रष्ट पार्नुपर्ने उनले बताए । ‘अनियमितता र भ्रष्टाचारबाट आजित भएर जनताले सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई भोट दिएका हुन् । झनै यसरी भ्रष्टाचारमा डुब्नु भनेको जनतालाई धोका हो । जनप्रतिनिधिको यस्ता हर्कतले भोलि पार्टीलाई नै घाटा निश्चित छ । नागरिकप्रति जनप्रतिनिधि उत्तरदायी हुनुपर्छ । यो अनियमिता कसरी हुन पुग्यो ? मेयर साबले तुरुन्त छानविन गर्नुपर्छ । जनताको उत्तर चित्तबुझ्दो हिसाबले दिनुपर्छ ।’ – पराजुलीले भने ।

महानगरपालिका कार्यालयले १३ करोड रुपैंया हिनामिना नभएको स्पष्ट पार्दै १ करोड ७३ लाख ११ हजार ९ सय ७८ को हिसाब मिल्न बाँकी रहेको स्वीकार गरेको छ । महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त विज्ञप्ती जारी गर्दै निष्पक्ष छानविन गरेर संलग्नलाई कडा कारवाही गर्ने बताइसकेका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन