पोखरा मियापाटन बस्ने गुरुङ नहरमा मृत भेटिए

पोखरा मियापाटन बस्ने गुरुङ नहरमा मृत भेटिए

Nahar

फाइल तस्विर

लमजुङका एक पुरुष पोखरामा मृत भेटिएका छन् । शनिबार बेलुकी साढे ६ बजेतिरको समयमा लमजुङ मध्यनेपाल नगरपालिका १ घर भएका ५२ वर्षीय जंग बहादुर गुरुङ नहरमा मृत भेटिएका हुन् ।

पोखरा महानगरपालिका–१३ मियापाटन डेरा गरी बस्ने उनी सोहि वडाको बेसलाईन बोर्डिङ स्कुलको पछाडिको नहरमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

खबर हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको उनले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds