गोरखा ।सोमबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
तीर्थराज भट्टराई आनुसार कोरोना संक्रमित समुदाय स्तरमा भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए । जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइने छ । अत्यावश्यक प्रयोजनमा प्रयोग भएका बाहेक अन्य निजी सवारी पनि चल्न नपाउने उनले जानकारी दिए ।
‘जिल्लाका विभिन्न ठाउँमा रहेको बैंङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने बाह्य सेवा बन्द हुन्छ,’ प्रजिअ भट्टराईले भने, ‘खाद्यान्न, औषधि र पेट्रोलियम पदार्थ बाहेकका अरु पसलहरु खोल्न पाउने छैनन् ।’
सरकारी कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिसकिएको जानकारी गराउदै उनले भने, ‘स्थानीय तहलाई पनि अति आवश्यकबाहेकका अन्य सेवा बन्द गर्न भनेका छौं ।’
जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिने उनले बताए । सवारी पासबाहेकका अन्य सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रवेशमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न सदरमुकाम लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्रको संयुक्त टोलीको गस्ती खटाउने बैठकले निर्णय गरेको छ ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै